News साबित्राको टोलीलाई सिजनको तेस्रो सफलता
गोलनेपाल

काठमाडौं । फ्रान्सको शिर्ष महिला लिग खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीको टोली गुइनग्याम्पले यस सिजनको तेस्रो जित हात पारेको छ । गुइनग्याम्पको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले फ्लुरीमाथि ३–१ को प्रभावशाली जित निकाल्यो ।

गुइनग्याम्पका लागि खेलको ४५औं मिनटमा सराह कम्बोटले पहिलो गोल गरिन् । त्यस्तै दोस्रो हाफ शुरु भएको तेस्रो मिनटमै एन्टोनी स्टारोवाले पेनाल्टीमार्फत घरेलु टोलीको त्यो अग्रता दोब्बर पारिन् । त्यस्तै ७३औं मिनटमा एलिसन पेनिगेलले घरेलु टोलीका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरिन् ।

उता फ्लुरीका लागि खेलको अन्तिमतिर ८८औं मिनटमा एरिनी फोन्टेनले एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकिनन् । खेलमा साबित्राले अन्तिमतिर मात्र खेल्ने अवसर पाईन् । यद्यपि उनले गोलको खाता खोल्न भने अझै पर्खनुपर्ने देखिएको छ ।

यो नतिजापछि गुइनग्याम्प १४ खेलबाट १२ अंकका साथ लिगतालिकाको १०औं स्थान मै छ । उता पराजित फ्लुरी भने २० अंकका साथ छैठौं स्थानमा छ । गुइनग्याम्पले आफ्नो आगामी खेल १७ फेब्रुअरी शनिबारका दिन दोस्रो स्थानको टोली पिएसजीसँग खेल्नेछ ।

Post Comments