News एपिएफको सहज जित
गोपाल काफ्ले

पथरी । मोरङको बेलबारीमा जारी दोश्रो डाँगीहाट प्रदेश स्तरिय फुटवल प्रतियोगिताको आइतबारको खेलमा ससस्त्र प्रहरी बल पकलीले सहज जित निकालेको छ । ससस्त्र प्रहरी बल पकलीले पथरी ११ बिरुद्ध ३-० को सहज जित निकालेको हो । जित संगै एपिएफ सेमिफाइनलको यात्रा तय गरेको छ ।

एफिएफका लागि धनबहादुर श्रेष्ठले दुई गोल गरे भने एक गोल आत्माघाती भएको थियो । खेलको १४ मिनेटमा पथरीका डिफेन्सले क्लियर गर्न खोज्दा बलले जाली चुमेको थियो । खेलको सुरुवाती समयमै आत्माघाती गोल खाएको पथरी ११ खेल अवधीभर नै निरास बन्यो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको एफिएफले दोश्रो हाफमा थप २ गोल गर्न सफल भयो ।

दोश्रो हाफको १७ मिनेटमा श्रेष्ठले पेनाल्टी मार्फत गोल गरे । वान भर्सेस बानको अबस्थामा डि एरियामा फल गरेपछी मुख्य रेफ्री बिनोद धिमालले पेनाल्टी दिएका थिए । धनबहादुरले पेनाल्टी मार्फत गोल गरे पछि एपिएफले २-०को अग्रता बनायो । दोश्रो हाफको २६ औं मिनेटमा श्रेष्ठले पथरी बिरुद्ध गोल थपे र टिमलाई ३-० को गोल अग्रता बनाए । खेलको म्यान अफ दि म्याच गोलकर्ता श्रेष्ठ घोषित भए । सोमबारको खेल कोशी प्रदेश प्रहरी टिम रानी र धरान फुटबल क्लब बिच हुने छ ।

फागुन ५ गते सम्म सन्चालन हुने प्रतियोगिता डाँगिहाट स्थित काली माबीको खेल मैदानमा संन्चालन हुनेछ । प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार र ट्रफी प्राप्त गर्दा उपबिजेता टिमले ७५ हजार ५ सय रुपयाँ र ट्रफी प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याच र बिधागत रुपमा सर्बकृष्ट कोच, सर्बकृष्ट मिल्डफिल्डर, सर्बकृष्ट किपर , सर्बकृष्ट डिफेन्स, सर्बकृष्ट फरवड सर्बाधिक गोलकर्ता र उदयमान खेलाडी लाई पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपयाँ लाग्ने आयोजकले जनाएको छ ।

Post Comments