News खस्यौली, चारपाला र कुँवर्तीलाई सफलता
सुरज राना मगर

देवदह । खस्यौली फुटबल क्लब, चारापाला फुटबल क्लब र कुँवर्ती फुटबल क्लबले यहाँ जारी तेस्रो वार्ड अध्यक्ष कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगितातर्फ आ–आफ्नो खेलमा जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

देवदह–१० स्थित चरङ्गे खेलमैदानमा भएको पहिलो खेलमा खस्यौलीले डिएस युनाइटेडलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा पराजित डिएस युनाइटेडका गोलरक्षक किरन मगर म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा चारपालाले पाल्पाली ब्रदर्शलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा चारपालाका गोलरक्षक सुदिप पासी म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दिनको तेस्रो खेलमा कुँवर्तीले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा कुँवर्तीका अशोक सुनार म्यान अफ द म्याच घोषित भए ।

शान्ति टोल युवा परिवार, देवदह–१०, चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए । फाइनल खेल भने यही फागुन ११ गतेका दिन हुनेछ ।

Post Comments