News गोलनेपालकर्मी बानियाँलाई 'खेलकुद पत्रकार वर्ष अवार्ड'
गोलनेपाल

हेटौडा । मकवानपुरका गोलनेपालकर्मी बिक्रम कुमार बानियाँ गृहनगर हेटौडामा पाँचौं खेलकुद पत्रकार वर्ष अवार्ड २०८० बाट सम्मानित भएका छन् । मकवानपुरलाई कर्मथलो बनाई खेलकुद क्षेत्रमा विशेष गरी फुटबल पत्रकारितामा सक्रिय रहेका बानियाँलाई सो अवार्डबाट सम्मानित गरिएको हो ।

न्यु मिडिया एकेडेमी प्रा.लि. र पावर इन्टरनेशनल मिडिया नेपालले वार्षिक रुपमा आयोजना गर्दै आईरहेको यो अवार्डबाट यस वर्ष दश फरक विधाका पत्रकारहरु सम्मानित भएका थिए । जसमध्ये खेलकुद विधातर्फ गोलनेपालकर्मी बानियाँ यो अवार्डबाट सम्मानित भएका हुन् । बानियाँले अवार्डसँगै नगद ५ हजार र सम्मानपत्र हात पारे ।

जिल्लाबाट राष्ट्रियस्तर मै पूर्व खेलाडीका रुपमा पनि आफ्नो सफल परिचय बनाएका खेलकुद पत्रकार बानियाँले अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गरे । आफ्नो काम, मेहनत र लगनले नै यो अवार्ड आफूले हात पारेको बताउँदै उनले खेल क्षेत्रमा आफू निरन्तर लागिरहने समेत बताए । साथै उनले यो अवार्ड हात पार्न सबैको साथ, शुभेच्छा र समर्थन रहेको स्मरण गर्दै उनले सबैप्रति आभार र धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रममा अवार्डबाट सम्मानित भएका सबै पत्रकारहरुलाई कार्यक्रमकी प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ रमकवानपुरका प्रजिअ सुर्य प्रसाद सेढाई लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments