News सिंहदेवी सिदुवालाई उपाधि
गोपाल काफ्ले

पथरी । दोस्रो आर्जु राईस मिल डाँगीहाट प्रदेश स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधी सिंहदेवी सिदुवा फुटवल क्लव धनकुटाले चुमेको छ ।

उपाधी संगै सिदुवाले नगद १ लाख ५० हजार साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता धरान एफ सीले ७५ हजार ५ सय रुपयाँमा चित बुझाएको छ ।

फाईनल खेलमा धरान एफ सी सुनसरीलाई ट्राईबेकरमा हराउदै सिंहदेवी सिदुवाले उपाधी चुमेको हो । खेलमा सिंहदेवी सिदुवा ५ औं मिनेटमा अग्रता लिए पनि उपाधीका लागि ट्राईबेकर सम्म कुर्नु परेको थियो ।

खेलको ५औं मिनेटमा सिदुवाका लागि विनोद राईको पासमा विरेन्द्र लिम्बुले गोलको खाता खोलेका थिए । खेलको १३औं मिनेटमा धरानका मिलन राईले गोल गर्दै खेल बराबरीमा पुर्याए । पहिलो हाफ एक-एकको बराबरी खेलेको टिमले दोस्रो हाफमा कुनै गोल गर्न सकेन खेल ट्राईबेकरमा धकेलीएको थियो ।

ट्राईबेकरमा सिदुवाले ३ –१ गेल अन्तर धरानलाई पराजित गर्दै विजेता बन्न सफल भयो । ट्राईबेकरमा सिदुवाका लागि अभिशेक लिम्बु, अशिम राई र विशाल भण्डारीले गोल गर्दै जित लिदाएका हुन । धरानका लागि मिलन राईले मात्र गोल गरे । धरानका बिकु राई, रोमन लिम्बुको प्रहार सिदुवाका गोल रक्षक सुजित चौधरीले बचाएका थिए । सचिन श्रेष्ठको बल भने पोलमा लागि बाहिरिएको थियो ।

खेलको म्यन अफ दि म्याच सिदुवाको गोलरक्षक सुजित चौधरी, उत्कृृष्ट मिडफिल्डर अशिम राई, उत्कृृष्ट डिफेन्स विशाल भण्डारी, उत्कृृष्ट कोच विश्वास श्रेष्ठ घोसित हुदा धरानका मिलन राई उत्कृृष्ट फरर्वाड र हाई स्कोर, सचिन श्रेष्ट उत्कृृष्ट किपर, घोषित भए । प्रतियोगिताको उदयमान खेलाडी आयोजकका अजित चौधरी घोषित हुदै जनहि ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन ।

विजेता टोलीलाई प्रदेश संसद ज्ञानेन्द्र सुबेदी, गिता तिम्सीना, बेलबारी नगर उप प्रमुख नितु थापा कोइरालाले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता बेलबारी ९ स्थीत डाँगिहाट जागृती युवा क्लबको आयोजनामा माघ २६ देखि फागुन ५ गते सम्म संचालन भएको प्रतियोगितामा पुर्वका चर्चित ८ क्लबको सहभागिता रहेको थियो ।

Post Comments