News बागमती र पुलिस उपाधिका लागि भिडने
सुरज राना मगर

बर्दघाट । राईट लेन एजुकेसन बागमती युवा क्लब, सर्लाही र बिभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौं यहाँ जारी आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन ।

दोस्रो सेमिफाइनलतर्फ बागमतीले आयोजक श्री नव युवा क्लब, बर्दघाटलाई १-० ले पराजित गरेसँगै फागुन ७ गते हुने फाइनलमा पुलिससँगको उपाधी भिडन्त पक्का गरेको हो ।

बागमती र नव युवा बीच भएको खेलमा पराजित आयोजक नव युवाका मनोज श्रेष्ठ म्यान अफ द म्याच चुनिए । फागुन ६ गते भने विश्राम दिईएको खेल संयोजक भरत गुरुङले जानकारी दिए । 

श्री नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

(फाइल तस्विर) 

 

Post Comments