News हिसान फुटसल: फाइनल समीकरण पुरा
उमेश पुन

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा जारी दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटि लेबल फुटसल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ ।

हिसान प्रदेशस्तरीय प्लस टु स्तरीय फुटसलमा स्टेब बाई स्टेप सेकेन्डरी स्कुल र त्रिवेणी पब्लिक स्कुल फाइनलमा प्रबेश गरेका छन् । स्टेब बाई स्टेपले स्नोभ्यु इङलिस बोडिङ स्कुललाई ७–१ गोल अन्तरको फराकिलो अन्तरले पराजीत गर्दै फाइन प्रबेश गर्यो। त्यसै गरी त्रिवेणी पब्लिक स्कुलले सगरमाथा सेकेन्डरी स्कुललाई २–१ गोलले हराउदै फाइनल प्रबेश गर्यो ।

त्यसै गरी युनिभसिटि लेवलमा इन्फोम्याक्स कलेज पोखरा र पोखरा लिंकन इन्टरनेशनल कलेज फाइनल प्रबेश गरे । पोखरा लिंकन इन्टरनेशनल कलेजले इन्फोम्याट्रिक कलेज अफ आइटि एण्ड म्यानेजम्यान्टलाई ३–१ गोलले हराउदै फाइनल प्रबेश गरेका छन् । अर्को खेलमा इन्फोम्याट्रिक कलेज पोखराले सोच अलेज अफ आएटिलाई ४–१ गोल हराउदै फाइनल प्रबेश गरे । फाइनल खेल सोमबार दिउसो १२ बजे देखी शुरु हुने प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगिता भाग लिएका थिए । हिसान गण्डकीको सदस्य विद्यालय बिच भएको प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए ।

त्यसै गरी युनिभर्सिटी लेवल फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार मेडल र ट्रफि, उपविजेताले नगद १० हजार मेडल र ट्रफि प्राप्त गर्ने सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगले जानकारी दिए । 

Post Comments