काठमाडौं । वाफ महिला च्याम्पियनसिप खेल्न नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारी फ्रान्सबाट सोझै साउदी अरेबियाको जेद्दाह शहर पुगेकी छिन ।
प्रतियोगिता जेद्दाह मै सोमबारदेखि शुरु हुँदैछ । नेपाली टोलीको अन्य सदस्यहरु भने यसअघि नै जेद्दाह पुगिसकेका छन ।
फ्रान्सको शिर्ष महिला लिगमा गुइनग्याम्पका लागि व्यवसायिक फुटबल खेलीरहेकी साबित्रा क्लबको महत्वपूर्ण खेलका कारण नेपाली टिमसँगै साउदी जान पाएकी थिइनन । पिएसजी विरुद्धको उक्त खेल लगत्तै साबित्रा साउदीतर्फ प्रस्थान गरेकी थिईन ।
वाफ महिला च्याम्पियनसिपतर्फ समूह बी परेको नेपालले प्यालेस्टाइन, सिरिया र इराकसँग खेल्ने कार्यक्रम छ । नेपालले समूह चरणको आफ्नो पहिलो खेल २० फेब्रुअरीमा सिरियासँँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
त्यस्तै समूह ए तर्फ आयोजक साउदीसँगै साविक विजेता जोर्डन, उपविजेता लेबनान र गुआम रहेका छन ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा