News आदर्श र खस्यौली क्वाटरफाइनलमा
सुरज राना मगर

देवदह । आदर्श फुटबल क्लब र खस्यौली फुटबल क्लब यहाँ जारी तेस्रो वार्ड अध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

देवदह–१० स्थित चरङ्गे खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ आदर्शले सयपत्री युवा क्लबलाई टाईब्रेकरमा ३–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा आदर्शका गोलरक्षक रिजन गुरुङ्ग म्यान अफ द म्याच चुनिए ।

त्यस्तै अर्को प्रिक्वाटरफाइनल खेलमा खस्यौलीले सृजनशील युवा क्लबलाई शून्यका विरुद्ध ४ गोलले हरायो । खस्यौलीको जितमा सुरज मल्ल ठकुरीले दुई गोल गरे भने निरज थापा र रिम्बा सुनारले थप एक–एक गोल गरे । खेलमा खस्यौलीका दुई गोलकर्ता सुरज मल्ल ठकुरी म्यान अफ द म्याच घोषित भए ।

शान्ति टोल युवा परिवार, देवदह–१०, चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए । फाइनल खेल भने यही फागुन ११ गतेका दिन हुनेछ ।

Post Comments