News पिस प्वाइन्ट, गेटवे र एकलव्यलाई सफलता
गोलनेपाल

काठमाडौं । आयोजक पिस प्वाइन्ट ‘ए’ ले जारी छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा महत्वपूर्ण सफलता पाएको छ ।

सानोगौचरणमा पिस प्वाइन्टले छहारीलाई २–० गोलले पराजित गर्यो । राहुल लामा र ‘म्यान अफ द म्याच’ पवन बुढाथोकीले गोल गरे । एनसीसीएसले सिद्धार्थ बनस्थलीबाट वाक ओभर पायो ।

अन्य खेलमा गेटवे एकेडेमी र एकलब्य विजयी भए । गेटवेले आरामदायी जित निकाल्ने क्रमम ज्ञान निकेतनलाई ११–० को फराकिलो गोलअन्तरले पाखा लगायो । ‘म्यान अफ द म्याच’ राजन अचार्यले ३, शिशीर श्रेष्ठ, स्वरुप प्रसाईं र प्रदीप खत्रीले समान २–२ तथा सन्दिप सिवाकोटी र लक्ष्मण उप्रतीले समान १–१ गोल गरे ।

एकलब्यले पनि सहज जित निकाल्दा ओडिसी इन्टरनेसनल एकेडेमीलाई ७–० गोलले पन्छायो । निरज कोइरालाले ह्याट्रिक गरे भने रोमन बस्नेत, रोशन खड्का, आयुश गौतम र अनिल शाहीले समान १–१ गोल थपे । आइतबार ३ खेल हुनेछ ।

Post Comments