News फिफा बिच विश्वकप: ब्राजील र इटाली फाइनलमा भिड्ने
गोलनेपाल

काठमाडौं । पाँचपल्टको विजेता ब्राजील र इटाली युएईमा जारी १२औं संस्करणको फिफा बिच विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन ।

पहिलो सेमिफाइनलतर्फ ब्राजीलले एसियाली राष्ट्र इरानलाई ३-२ को रोमाञ्चक अन्तरले हरायो । दोस्रो सेमिफाइनलमा भने इटालीले बेलारुसलाई टाईब्रेकरमा ५-४ ले हराउँदै उपाधी नजिक पुग्न सफल भयो ।

अब २५ फेब्रुअरीका दिन हुने फाइनलमा ब्राजीलले इटालीसँग उपाधिका भिड्नेछ भने इरान र बेलारुस तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन ।

Post Comments