News राष्ट्रिय खेलाडी मनिष डाँगीको घरमा लाखौंको चोरी
गोलनेपाल

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य तथा युवा फरवार्ड मनिष डाँगीको घरमा लाखौंको चोरी भएको खबर बाहिरिएको छ । बिजमाण्डुमा प्रकाशित खबर अनुसार डाँगीको घरमा गत फागुन ६ गते चोरी भएको हो ।

चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा राजन श्रेष्ठ, रबिन तामाङ र अनुप तामाङ रहेका छन् । खबर अनुसार अनुप तामाङ मनिषको घर बेला–बेलामा गईराख्थे । सोही क्रममा अनुपले ढोका नजिकको जुत्ता, गमलामा घरको चाबी राख्ने गरेको थाहा पाएपछि उनीहरुले चोरीको योजना बनाएका थिए ।

मनिषको घरबाट नगदसहित करिब ४५ लाख बराबरको चोरी भएको बताइएको छ । साथै पक्राउ परेकाहरुसँग प्रहरीले आवश्यक अनुसन्धान गरि कारवाहीका लागि प्रक्रिया अगाडी बढाइने समेत बताइएको छ ।

Post Comments