News
राष्ट्रिय खेलाडी मनिष डाँगीको घरमा लाखौंको चोरी
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य तथा युवा फरवार्ड मनिष डाँगीको घरमा लाखौंको चोरी भएको खबर बाहिरिएको छ । बिजमाण्डुमा प्रकाशित खबर अनुसार डाँगीको घरमा गत फागुन ६ गते चोरी भएको हो ।
चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा राजन श्रेष्ठ, रबिन तामाङ र अनुप तामाङ रहेका छन् । खबर अनुसार अनुप तामाङ मनिषको घर बेला–बेलामा गईराख्थे । सोही क्रममा अनुपले ढोका नजिकको जुत्ता, गमलामा घरको चाबी राख्ने गरेको थाहा पाएपछि उनीहरुले चोरीको योजना बनाएका थिए ।
मनिषको घरबाट नगदसहित करिब ४५ लाख बराबरको चोरी भएको बताइएको छ । साथै पक्राउ परेकाहरुसँग प्रहरीले आवश्यक अनुसन्धान गरि कारवाहीका लागि प्रक्रिया अगाडी बढाइने समेत बताइएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै