काठमाडौं । दुई आमन्त्रित टोली दिल्ली फुटबल क्लब, दिल्ली र मानेभञ्ज्याङ फुटबल क्लब, दार्जिलिङ बीच भएको रोमाञ्चक खेलमा मानेभञ्ज्याङले जित निकाल्दै जारी केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो क्वाटरफाइनलतर्फ मानेभञ्ज्याङले दिल्लीमाथि ३–१ को जित निकाल्यो । यद्यपि गोलको खाता भने पहिला दिल्लीले खोलेको थियो । खेलको २७औं मिनटमा आर्यन अम्लाले दिल्लीका लागि शुरुवाती गोल गरेका थिए ।
तर, ३६औं मिनटमा एनिसेटले मानेभञ्ज्याङका लागि बराबरी गोल फर्काए । त्यसको चार मिनट लगतै शोकरुखले दोस्रो गोल गर्दा ७४औं मिनटमा सेभलीले तेस्रो गोल थप्दै मानेभञ्ज्याङको उत्कृष्ट जित सुनिश्चित गरे । मानेभञ्ज्याले मंगलबार नै क्वाटरफाइनलतर्फ मच्छिन्द्र र पुलिस बीचको विजेतासँग फागुन १७ गते सेमिफाइनल खेल्नेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै