काठमाडौं । गेटवे एकेडेमी र आयोजक पिस प्वाइन्ट छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।
सानो गौचरण मैदानमा भएको पहिलो सेमिफाइनलमा गेटवेले एकलब्यलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । निर्धारित समयमा दुवैले गोलरहित बराबरी खेले । गेटवेका लक्ष्मण उप्रेती ‘म्यान अफ द म्याच’ घोषित भए ।
उपाधिमा दोहोरो ह्याट्रिक गर्ने अभियानमा रहेको पिस प्वाइन्टले अर्को सेमिफाइनलमा मनकामनालाई ३–१ गोलले हरायो । विगतका पाँचै संस्करणको उपाधि जितेको पिस प्वाइन्टका लागि राहुल लामाले २ तथा पवन बुढाथोकीले १ गोल गरे । मनकामनाका मानव लामाले १ गोल फर्काए । पिस प्वाइन्टका नितेश मोक्तान ‘म्यान अफ द म्याच’ चुनिए ।
फाइनल बुधबार हुनेछ । त्यसै दिन तेश्रो स्थानका लागि पनि खेल हुनेछ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पार्ने छन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै