News कास्कीमा बन्दै अर्को एन्फा एकेडेमी (फोटो फिचर)
गोलनेपाल

पोखरा । कास्की जिल्लामा फुटबल खेलहरु मात्र नभएर त्यसका लागि आवश्यक पर्ने फुटबल मैदान तथा अन्य भौतिक पूर्वाधारहरु पनि धमाधम बन्ने योजनामा छन् ।

यसै क्रममा माछापुच्छ्रे गाउँपालिका ६ स्थित भिंडाबारीमा पनि एन्फा टेक्निकल सेन्टर बन्ने भएको छ । पर्यटकीय शहर पोखराबाट १८ किमी टाढा रहेको यो गाउँपालिका प्राकृतिक दृश्य र स्वच्छ हावापानीका कारण पनि फुटबल एकेडेमीका लागि अति उपयुक्त छ ।

पोखरास्पोर्टसमा प्रकाशित खबरअनुसार २ सय ५२ रोपनीमा फैलिएको यो एकेडेमी निर्माणका लागि करि ४५ करोड खर्च हुने अनुमान गरिएको छ । चार चरणमा एकेडेमीको निर्माण कार्य सम्पन्न गरिने भनिए तापनि हाल विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण यसको शिलान्यास समेत रोकिएको छ ।

यद्यपि यसको शिलान्यास तथा अन्य निर्माण कार्य जतिसक्दो छिटो शुरु गरि सम्पन्न गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगत यो परियोजना हेरिरहेका गोकुल थापाले बताएका छन् ।

तस्विरः सुदर्शन रन्जित

Post Comments