News चाइनिज सुपर लिग पनि शुरु हुँदै
गोलनेपाल

एजेन्सी । छोटो समय मै बढी चर्चा र सफलता पाउन सफल चाइनिज सुपर लिग (सिएसएल) पनि शुरु हुने मिति तय भएको छ । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कै कारण लिग रोकिएको थियो ।

स्मरण रहोस, चाइनिज सुपर लिग त्यहि देशमा सुचारु हुँदैछ, जहाँबाट कोरोना भाइरसको उदय भएको थियो । अर्थात् चीनमा फेरि फुटबलले गति लिंदैछ । त्यो घरेलु फुटबलको मेरुदण्डका रुपमा हेरिएको शिर्ष लिगको शुरुवातबाट ।

रिपोर्टअनुसार चाइनिज फुटबल एसोसिएशनले सिएसएल यहि जुलाई २५ तारीखदेखि शुरु गर्ने पुष्टी गरेको छ । खासगरी लिग फेब्रुअरीमा शुरु हुने तय थियो । तर कोभिड–१९ महामारीका कारण तत्कालका लागि लिग स्थगित भएको थियो ।

सिएफएका अनुसार लिगमा सहभागि कुल १६ टोलीहरुलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ । स्मरण रहोस, गत सिजनको सिएसएलको उपाधि ग्वाङझु इभरग्रान्डीले किर्तिमानी आठौंपटक जितेको थियो ।

चाइनिज फुटबल फेडरेशनका अनुसार लिगभरि उच्चतम स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गर्नुका साथै सरकारसँग सल्लाह र साझेदारी गरेर कडाईका साथ सिजनको शुरुवात गर्ने जनाएको छ ।

Post Comments