News बिकास खवासको पनि बिदेश नै नयाँ गन्तव्य
गोलनेपाल

काठमाडौं । सागका स्वर्ण पदकधारी तथा राष्ट्रिय फुटबल टोलीका युवा डिफेन्डर बिकास खवास पनि बिदेशिएका छन् । बिकासले पनि अन्य राष्ट्रिय खेलाडीहरु सरह अष्ट्रेलियालाई नै आफ्नो गन्तव्य रोजेका छन् ।

पछिल्लो समय चोटका कारण मैदान बाहिर रहेका बिकासले सक्रिय फुटबलमा फेरि फर्कने सम्भावना थियो । युथ लेभलबाटै त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेलेका विकासले सिरिनय लेभलमा पनि आर्मीका लागि खेले । त्यस्तै नेपाल सुपर लिगको पहिलो संस्करण एफसी चितवनका लागि पनि खेले ।

दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका बिकासले सन् २०२० को नोभेम्बरमा बंगलादेश विरुद्ध खेल्दै नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । राष्ट्रिय टोलीका आशालाग्दा र भपरपर्दा डिफेन्डरका रुपमा हेरिएका बिकासले पनि अन्तिम विकल्प अष्ट्रेलिया रोजेका छन् ।

 

Post Comments