News बहराइन विरुद्ध खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कपको दोस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत नेपालले बहराइन विरुद्ध खेल्ने दुई खेलका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । टोलीको बन्द प्रशिक्षण आउँदो सोमबारदेखि शुरु हुने एन्फाले जनाएको छ ।

स्मरण रहोस, नेपालले छ्नौट प्रतियोगिता अन्तर्गत बहराइनसँग यही मार्च २१ र २७ तारीखका दिन होम एन्ड अवेका रुपमा दुई खेल खेल्दैछ ।

छ्नौट प्रतियोगिता अन्तर्गत समूह एचमा रहेको नेपालसँगै बहराइन, युएई र यमन रहेका छन ।

नेपालको प्रारम्भिक टोली:

गोलकिपर्स: अभिषेक बराल, दिप कार्की, विशाल सुनार, किरन चेम्जोङ

डिफेण्डर्स: अजय चौधरी, अनन्त तामाङ, अन्जल महर्जन, बिमल पान्डे, विशाल बस्नेत, छिरिङ लाम, दिपेन्द्र बिक, रोहित चन्द, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ

मिडफिल्डर्स: एरिक बिष्ट, विशाल तामाङ, कृतिष रत्न छुन्जु, लाकेन लिम्बू, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जिउ ठकुरी, उत्सव राई

फरवार्डस: अन्जन बिष्ट, आयुष घलान, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समीर तामाङ, सन्जिब बिष्ट 

(फाईल तस्विर)

Post Comments