News महिला फुटबल टोलीलाई मकवानपुर जिल्ला फुटबल संघले पनि नगदसहित सममान गर्ने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । केही दिन अघि मात्रै साउदी अरेबियामा सम्पनन वाफ महिला च्याम्पियनसिप खेलेर फर्किएको राष्ट्रिय महिला फुटबल टोलीलाई मकवानपुर जिल्ला फुटबल संघले पनि सम्मान गरेको छ । मकवानपुर जिल्ला फुटबल संघले महिला फुटबल टोलीलाई नगद १ लाख २५ हजारसहित सम्मान गर्ने संघका अध्यक्ष टिकाराम लामाले बताए ।

अध्यक्ष लामाका अनुसार महिला खेलाडीहरुलाई फुटबलमा अझै राम्रो प्रदर्शन गर्न हौसला मिलोस भनेरै संघले नगदसहित सम्मान गर्ने घोषणा गरेको बताए । खेलाडीहरु राष्ट्रका गहना भएकाले विदेशमा खेलाडीहरुले हात पारेको सफलतामा सबै नेपालीहरुले गर्व गर्नुपर्ने बताए ।

स्मरण रहोस, वाफ महिला च्याम्यिनसिपमा नेपाल पहिलो सहभागिता मै फाइनल पुगे तापनि उपाधि जित्न भने असफल भएको थियो । फाइनलमा साविक विजेता जोर्डनसँग टाईब्रेकरमा पराजित हुन पुगेको थियो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

उपाधि जित्न नसके तापनि प्रतियोगिता भरी कुल ९ गोल गरेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले सर्वाधिक गोलकर्ताको पुरस्कार जितेकी जित्न सफल भएकी थिईन् । नेपाली महिला फुटबल टोली अहिले स्वदेश फर्किसकेको छ ।

Post Comments