News काठमाडौंका ६ ए डिभिजन क्लबलाई महानगरको आर्थिक सहयोग
गोलनेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्थापित ६ ए डिभिजन क्लबहरुलाई महानगरपालिकाले जनही १०–१० लाख आर्थिक सहयोग गरेको छ ।

महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले एक कार्यक्रमका बीच ६ क्लबहरुका प्रतिनिधिहरुलाई उक्त आर्थिक रकम सहयोग गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर शाक्यले भने, "क्लबहरुलाई आर्थिक रुपमा सहयोग गर्न यो रकम उपलब्ध गराइएको हो । देशमा फुटबल विकासका लागि क्लबहरुको आर्थिक स्तरमा पनि बृद्धि होस भन्ने चाहना हाम्रो रहेको छ ।"

उक्त आर्थिक सहयोग पाउने काठमाडौंका ए डिभिजन क्लबहरुका हिमालयन शेर्पा क्लब, मच्छिन्द्र क्लब, न्युरोड टिम (एनआरटी), सरस्वती युथ क्लब, संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब रहेका छन् ।

उक्त कार्यक्रममा महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी र सिइओ एकनारायण अर्याल लगायतको उपस्थिति रहेको थियो ।

Post Comments