News आयोजक कन्चन-११ फाइनलमा
सुरज राना मगर

दियोबजार । आयोजक टोली कन्चन-११ यहाँ जारी कन्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कन्चन गाउँपालिका-४, दियोबजार स्थित हिमालय सामुदायिक खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा कन्चनले डोना फुटबल एकेडेमीलाई टाईब्रेकरमा हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछी खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । टाइब्रेकरमा भने कन्चनले डोना एफएमाथी ३-१ को जित निकाल्दै उपाधी नजिक पुग्न सफल भयो ।

खेलमा कन्चन-११ का गोलरक्षक निशान राना म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत फागुन २३ गते बुधबारको दोस्रो सेमिफाइनल खेल फुलबारी गाईज, बुटवल र समपुर्ण युवा क्लब, सुपौली बीच हुने प्रचार प्रसार संयोजक शंकर थापाले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजना र कञ्चन गाउँपालिकाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १५ हजार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष प्रकाश थापाले बताए । फाइनल यही २५ गतेका दिन हुनेछ ।

Post Comments