South Asia मैत्रीपूर्ण खेलमा नेपाली टोली विरुद्ध बङङ्गलादेशी टोली विजयी
गोलनेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ ।

राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेश ५–३ गोलले विजयी भएको हो ।

खेलमा बङगलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र महदी हसन तोपुले २ गोल गरे भने नेपालबाट सुमन लिम्बुले २ र दीवाकर शेनले एक गोल फर्काए ।

फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरुसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जानकारी समुहका अध्यक्ष प्रदीपराज वन्तले दिए ।

नारायणगंज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बल हस्तान्तरण उद्घाटन गरेका थिए ।

सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसंगै मायाको चिनो साटासाट गरिएको थियो । कार्यक्रम सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारी, प्रिण्टिङ्ग एक्सप्रेस, म नेपाली, गोल्ड स्टार सूज, एन्फा एकेडेमी, नेपाल एरहोस्टेज एकेडेमी, हिमाल हस्पिटल, स्वतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ ।

Post Comments