News सुदुरपश्चिम–११ र ब्वाईज युनियनको जित
गोलनेपाल

गौरीगंगा । यहाँ जारी चौथो गौरीगंगा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा सुदुरपश्चिम–११ र स्टार सिटी ब्वाईज युनियनले जित हात पारेका छन् । प्रतियोगिता अन्तर्गत पहिलो दिन खराब प्रकाशका कारण रोकिएको खेल बुधबार खेलाइएको थियो ।

सो खेलमा सुदुरपश्चिम–११ ले घोडाघोडी क्लबलाई १–० ले हरायो । सुदुरपश्चिम–११ का लागि अमर डंगोलले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता डंगोल नै खेलको म्यान अफ द म्याच चुनिए । यो जितसँगै सुदुरपश्चिम–११ प्रतियोगिताको क्वाटरफानलमा प्रवेश गरेको छ ।

त्यस्तै अर्को खेलमा ब्वाइज युनियनले बिएस–१५ लाई शून्यका विरुद्ध २ गोलले हरायो । खेलमा ब्वाईज युनियनका लागि दुवै गोल कुबेर सिंहले गोल गरे । निर्णायक दुई गोल गरेका सिंह नै खेलको म्यान अफ द म्याच चुनिए । यो जितसँगै ब्वाइज युनियन भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

गौरीगंगा–११ स्पोर्टस क्लब, गौरीगंगा–८, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १ गतेका दिन हुनेछ ।

Post Comments