News आयोजक गौरिगंगा–११ सेमिफाइनलमा
गोलनेपाल

गौरीगंगा । आयोजक टोली गौरीगंगा–११ स्पोर्टस क्लब यहाँ जारी चौथो गौरीगंगा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वाटरफाइनल खेलतर्फ गौरीगंगाले ब्ल्याक एन्जल एफसीलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा सुबास बमको गोलबाट ब्ल्याक एन्जलले खेलमा अग्रता बनाए पनि गौरीगंगाका लागि टोप बिष्टले बराबरी गोल फर्काएका थिए । टाईब्रेकरमा भने गौरीगंगा ३–२ ले विजयी बन्यो । गौरीगंगाका टोप बिष्ट नै खेलको म्यान अफ द म्याच घोषित भए ।

गौरीगंगा–११ स्पोर्टस क्लब, गौरीगंगा–८, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १ गतेका दिन हुनेछ ।

Post Comments