News फारवेस्ट पशुपतिको जित
गोलनेपाल

गौरिगंगा । फारवेस्ट पशुपति युवा क्लब यहाँ जारी चौथो गौरिगंगा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम प्रिक्वाटरफाइनलतर्फ फारवेस्ट पशुपतिले डिडिएससीलाई टाईब्रेकरमा ४–३ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

त्यसअघि गौरिगंगा खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले रोमाञ्चक गोलरहित बराबरी खेलेका थिए । खेलमा फारवेस्टका गोलरक्षक अमानत शेख म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २६ गतेको क्वाटरफाइनल खेल सुदुरपश्चिम र फारवेस्ट स्पोर्टस बीच हुने आयोजकले जानकारी दियो ।

गौरीगंगा–११ स्पोर्टस क्लब, गौरीगंगा–८, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १ गतेका दिन हुनेछ ।

Post Comments