News
फारवेस्ट पशुपतिको जित
गौरिगंगा । फारवेस्ट पशुपति युवा क्लब यहाँ जारी चौथो गौरिगंगा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम प्रिक्वाटरफाइनलतर्फ फारवेस्ट पशुपतिले डिडिएससीलाई टाईब्रेकरमा ४–३ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
त्यसअघि गौरिगंगा खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले रोमाञ्चक गोलरहित बराबरी खेलेका थिए । खेलमा फारवेस्टका गोलरक्षक अमानत शेख म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २६ गतेको क्वाटरफाइनल खेल सुदुरपश्चिम र फारवेस्ट स्पोर्टस बीच हुने आयोजकले जानकारी दियो ।
गौरीगंगा–११ स्पोर्टस क्लब, गौरीगंगा–८, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने