काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको नेतृत्वमा रहेको राष्ट्रिय फुटबल टोली बुधबार मैत्रीपूर्ण अभ्यास म्याचका लागि मलेसियातर्फ प्रस्थान गरेको छ । नेपालले मलेसियासँग यही मार्च १५ तारीखका दिन मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ ।
त्यसपछि टोली बहराईनतर्फ उड्नेछ । नेपालले बहराईनमा फिफा विश्वकप र एएफसी एसियन कपको छनौट खेलहरु अन्तर्गत बहराईनसँग उसकै घरेलु मैदानमा दुई होम एण्ड अवे म्याच खेल्नेछ । जुन खेलहरु यही मार्च २१ र २७ तारीखका दिन हुनेछ ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन कुमार लिम्बु, अभिषेक बराल, बिशाल सुनार
डिफेन्डर्सः अभिषेक लिम्बु, सनिस श्रेष्ठ, अनन्त तामाङ, छिरिङ लामा, सुमित श्रेष्ठ, अजय चौधरी, सौभाग्य राई
मिडफिल्डर्सः भरत खवास, बिशाल बस्नेत, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्डसः अन्जन बिष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव बिष्ट, जिलेस्पी जंग कार्की
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै