News महिला फिफा वरियतामा नेपालको पाँच स्थान सुधार
गोलनेपाल

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको महिलातर्फको ताजा वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । मार्च महिनाका लागि निकालेको वरियता नेपाल पाँच स्थान सुधार गर्र्दै १००औं स्थानमा पुगेको हो ।

दक्षिण एसियातर्फ भने नेपाल दोस्रो स्थानमा छ । फिफा वरियतामा एक स्थान तल झर्दै ६६औं स्थानमा पुगेको भारत भने दक्षिण एसियातर्फ शिर्ष स्थान मै यथावत छ । त्यस्तै १४०औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ ।

१५७औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ चौथो स्थानमा रहँदा १५८औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । १६१औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ छैठौं स्थानमा रहँदा १७३औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ साँतौं स्थानमा छ ।

त्यस्तै विश्व वरियताको शिर्ष स्थानमा विश्व च्याम्पियन स्पेन यथावत छ । दोस्रो स्थानमा इङल्याण्ड उक्लेको छ भने तेस्रो स्थानमा फ्रान्स रहेको छ ।

Post Comments