News चार महिनापछि अष्ट्रेलियामा फुटबल फर्किदै
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फुटबल फेडरेशन अफ अष्ट्रेलिया (एफएफए) ले यहि सातादेखि अर्थात १७ जुलाई (शुक्रबार) देखि देशको शिर्ष फुटबल लिग शुरु गर्ने पुष्टी गरेको छ ।

यसअघि अष्ट्रेलियन ए लिग बिहीबारदेखि शुरु गर्ने भनिएको थियो । तर देशको मुख्य शहर मध्ये एक मेलबर्नमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त मिति एक दिन पर धकेलिएको हो ।

यद्यपि लिगमा सहभागि हुने तीन टोली मेलबर्न भिक्ट्री, वेस्टर्न युनाइटेड र मेलबर्न सिटीलाई सिड्नी मै रोकिएको छ । रिपोर्टअनुसार यी तीन टोलीहरु १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।

त्यस्तै फेडरेशनले कोरोना महामारीलाई फैलिन नदिन लिगभरि स्टेडियममा सिमित दर्शकहरुलाई मात्र प्रवेश दिने भएको छ । रिपोर्टअनुसार लिग हेर्न केवल ४५०० दर्शकहरुले मात्र अनुमति पाउने छन् ।

लिगको उदघा्टन खेलमा शुक्रबार सिड्नी एफसी र विलिंग्टन फिनिक्सले प्रतिस्पर्धा गर्नेछन् । फुटबल फेडरेशनले खेलाडीहरुमा कोभिड–१९ को लक्षण देखिएकै कारण लिगको खेलतालिका परिवर्तन गर्नु परेको बताएको छ । साथै एफएका अनुसार लिग चार साता भित्र सम्पन्न गर्ने लक्ष्य समेत लिइएको छ ।

Post Comments