News रिकभरी कप फुटसल हुँदै, विजेताले १ लाख ५० हजार पाउने
गोलनेपाल

काठमाडौं । सोबर रिकभरी ट्रिटमेन्ट एण्ड रिह्याबिलिटेशन सेन्टर, काठमाडौंको आयोजनामा यही चैत २१ र २२ गतेका दिन सोबर रिकभरी कप फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा देशैभरिका कुलतमुक्त भएका खेलाडी तथा रिकभरी संस्थाहरुले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो । साँखु स्थित फुटसल एरिनामा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments