News दोस्रो न्यु युथ कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

तानसेन । "स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद" भन्ने नाराका साथ यही चैत ६ गतेदेखी शुरु हुन गईरहेको दोस्रो न्यु युथ युनियन कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

तानसेन, पाल्पा स्थित टुँडिखेल मैदानमा हुने प्रतियोगिताको खेलतालीका समेत सार्वजनिक गरिएको छ । जसअनुसार चैत ६ गते हुने उद्घाटन खेलमा न्यु एकता क्लब र पाल्पाली ब्रदर्श एफसी भिड्ने छन । पाल्पा, गुल्मी, रुपन्देही, स्याङ्जा, नवलपरासीको गरी कुल १५ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल चैत २४ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

 

Post Comments