News प्रथम माछापोखरी हिटी गोल्डकपः संखुवासभाको विजयी शुरुवात
गोलनेपाल

आठराई त्रिवेणी । चाँगे माछापोखरी हिटी क्लब, आठराई त्रिवेणी–५, चाँगे, ताप्लेजुङको आयोजनामा सोमबारदेखि शुरु प्रथम माछापोखरी हिटी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा संखुवासभा जिल्ला फुटबल संघले विजयी शुरुवात गरेको छ ।

आठराई त्रिवेणी–५ स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा संखुवासभाले मैवाखोला गाउँपालिकाको यु–१९ टोलीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । संखुवासभाका लागि बसन्त ओझा र उज्ज्वल जिमीले गोल गरे ।

खेलमा संखुवासभाका बसन्त ओझा म्यान अफ द म्याच घोषित भए । यो जितसँगै संखुवा सभा सेमिफाइनलमा समेत प्रवेश गरेको छ । यही चैत ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख २० हजार हात पार्नेछ ।

Post Comments