News चापाकोट युनाइटेड क्वाटरफाइनलमा
सुरज राना मगर

तानसेन । चापाकोट युनाईटेड, स्याङ्जा यहाँ जारी दोस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चापाकोटले फेमस महेन्द्र दल गणलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । तानसेन स्थित टुंडीखेल मैदानमा भएको खेलमा चापाकोटका लागि आशिष् श्रेष्ठ र निशाल थापाले गोल गरे । पराजित फेमस महेन्द्र दलका लागि सन्तोष नेपालीले एक मात्र गोल फर्काएका थिए ।

खेलमा चापाकोटका निशाल थापा म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत चैत ८ गते बिहीबारको खेल एलजी एसोसिएसन, रामपुर र नेगो साईड, रुपन्देही बीच हुने खेल संयोजल सन्दिप केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments