News नेपाल र बहराइन बीचको खेलमा प्रवेश नि:शुल्क
गोलनेपाल

काठमाडौ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छ्नौट प्रतियोगिता अन्तर्गत समूह एचमा रहेको नेपालले आज बहराइनसँग उसकै घरेलु मैदानमा खेल्दैछ ।

सोही खेलका लागि बहराइनमा रहेका नेपाली दर्शकहरुलाई प्रवेश नि:शुल्क गरिएको छ । नेपाली फुटबल टिमको प्रबन्धकका अनुसार नि:शुल्क प्रवेश गर्न दर्शकहरुले गेट नम्बर ३ प्रयोग गर्नुपर्नेछ ।

स्मरण रहोस, नेपाल र बहराइन बीचको खेल स्थानीय समय अनुसार राती १० बजे (नेपाली समय १२:४५ बजे) देखी रिफा स्थि बहराइन नेशनल स्टेडियममा शुरु हुँदैछ ।

Post Comments