News दोस्रो जेसिज कप चैत १५ देखि (खेलतालिकासहित)
गोलनेपाल

बाहुण्डाँगी । बाहुण्डाँगी जेसिजय सचिवालय निर्माण सहयोगार्थ कारगिल शहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसिज कप नकआउट फुटबल प्रतियोगिता यही चैत १५ गतेदेखि शुरु हुने भएको छ । जेसीआई बाहुण्डाँगीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

बाहुण्डाँगी स्थित सरस्वती माविको प्राङ्गणमा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत १५ गतेका दिन घरेलु टोली बाहुण्डाँगी युवा क्लब र कचनकवल फुटबल क्लब भिड्ने खेलतालिकामा उल्लेख छ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत २२ गतेका दिन हुनेछ ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई पनि उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments