News
दोस्रो जेसिज कप चैत १५ देखि (खेलतालिकासहित)
बाहुण्डाँगी । बाहुण्डाँगी जेसिजय सचिवालय निर्माण सहयोगार्थ कारगिल शहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसिज कप नकआउट फुटबल प्रतियोगिता यही चैत १५ गतेदेखि शुरु हुने भएको छ । जेसीआई बाहुण्डाँगीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
बाहुण्डाँगी स्थित सरस्वती माविको प्राङ्गणमा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत १५ गतेका दिन घरेलु टोली बाहुण्डाँगी युवा क्लब र कचनकवल फुटबल क्लब भिड्ने खेलतालिकामा उल्लेख छ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत २२ गतेका दिन हुनेछ ।
झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई पनि उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा