News आयोजक न्यु युथ युनियन ‘बी’ क्वाटरफाइनलमा
सुरज राना मगर

तानसेन । आयोजक न्यु युथ युनियन क्लब ‘बी’ यहाँ जारी दोस्रो नयु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । न्यु युथ युनियनले बगनासकाली–१ लाई शून्यका विरुद्ध ५ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

तानसेन स्थित टुंडिखेल मैदानमा भएको खेलमा न्यु युथ युनियनका लागि बिराज कार्कीले ह्याट्रिकसहित ४ गोल गरे । थप एक गोल भने निशान पुनले गरे । खेलमा चार गोल गरेका न्यु युथ युनियनका बिराज कार्की म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत १० गते शनिबारको खेल आयोजक न्यु युथ युनियन क्लब ए र राईजिङ–११ बीच हुने खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments