News युनाइटेड युथ क्वाटरफाइनलमा
सुरज राना मगर

तानसेन । युनाइटेड युथ क्लब यहाँ जारी दोस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

युनाइटेड युथले बिपी स्मृति भैरव एफसीलाई पेनाल्टी शुटआउटमा ९-८ ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । त्यस निर्धारित समयको खेल दुवै टोलीले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

टुँडिखेल मैदानमा भएको निर्धारित समयतर्फ युनाइटेड युथका लागि इन्द्र क्षेत्री र अनुप क्षेत्रीले गोल गरेका थिए भने भैरवका लागि अनुज गैरे र युवराज चापागाईंले गोल गरेका थिए ।

खेलमा युनाइटेड युथका गोलरक्षक पवन बुचा मगर म्यान अफ द म्याच घोषित भए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments