News आयोजक न्यु युथ युनियन (बी) सेमिफाइनलमा
सुरज राना मगर

तानसेन । उत्कृष्ट जितका साथ आयोजक न्यु युथ युनियन क्लब (बी), पाल्पा यहाँ जारी दोस्रो नयु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो क्वाटरफाइनलतर्फ न्यु युथ युनियनले चापाकोट युनाइटेड, स्याङ्जालाई शून्यका विरुद्ध ५ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । न्यु युथ युनियनका लागि सुस्मित केसीले ह्याट्रिकसहित चार गोल गरे । थप एक गोल भने बिराज कार्कीले गरे ।

खेलमा ह्याट्रिकसहित चार गोल गरेका न्यु युथ युनियनका सुस्मित केसी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत १८ गते आइतबारको चौथो क्वाटरफाइनल खेल राइजिङ–११, पाल्पा र रिडी एफसी, गुल्मी बीच हुने खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments