News सातौं भूपू सैनिक कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

बुटवल । भूपू सैनिक जबई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारीले आफ्नो स्थापना दिवसको अवसर पारी वार्षिक रुपमा आयोजना गर्दै आएको भूपू सैनिक कपको सातौं संस्करण यही चैत २० गतेदेखि शुरु हुने भएको छ । बुटवल–१३, सालघारी स्थित जवई खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो ।

आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । जस अन्तर्गत चैत २० गते हुने उद्घाटन खेलमा आयोजक भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल र ह्वाईट हाउस एफसी, सुख्खानगर भिड्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल बैशाख १ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

साथै प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको समेत अध्यक्ष पुनले बताए । उनले सबै खेलप्रेमीहरुलाई प्रतियोगिता अवलोकन गर्न अनुरोध समेत गरे ।

Post Comments