जितपुरसिमरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा स्थापित जगदम्बा जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण चैत्र २४ गतेदेखि सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।
प्रतियोगितामा यसपटक ए डिभिजनका ५ सहित १० टिमले सहभागिता जनाउने भएका छन् । आयोजकका अनुसार प्रतियोगितामा साविक विजेता चर्च ब्वाईज युनाइटेड, मच्छिन्द्र फूटबल क्लब, फ्रेण्ड्स क्लब, विभागिय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मोफसलका वीरगन्ज युनाइटेड क्लब, रिगल रिसोर्ट एन्फा मकवानपुर, सलहेश युवा क्लब सिरहा र आयोजक टोली सहभागी हुनेछन् ।
जगदम्बा स्टिलको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् । बैशाख ३ गतेसम्म चल्ने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल वा स्कुटर प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
त्यस्तै प्रतियोगिता यसपटक पनि बेलुका कै समयमा कृत्रिम प्रकाशमा खेलाइने आयोजकले जानकारी दियो । साथै प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले गर्ने जानकारी पनि आयोजकले दियो ।
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट