News मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष लुङ्बालाई नयाँ जिम्मेवारी
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । नगर खेलकुद विकास समिति हेटौंडा १३ को संयोजकमा मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष अमृत लुङ्बा चयन भएका छन् । हालै सम्पन्न भएको भेलाले लुङ्बाको संयोजकत्वमा समिति गठन गरेको हो ।

त्यस्तै समितिको सदस्यहरुमा ज्ञानु मोक्तान, श्यामकुमार लामा,तेजबहादुर वाइबा, मदन बल, उमेश लुङ्बा, विशाल थिङ, कमल मोक्तान, कविन सिन्तान र प्रमिला राई रहेका छन् । हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा अध्यक्ष पेम्बा लामाको उपस्थितमा खेलकुद विकास समिति वडा समिति गठन भएको हो ।

Post Comments