News एपिएफ बिराट गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं यहाँ जारी आठौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले शनिबार मात्रै इटहरी गोल्डकप जितेको चर्च ब्वाईज युनाइटेडलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । शहिद रंगशालामा भएको खेलमा एपिएफका लागि प्रदिप लामा र अनिष महर्जनले गोल गरे ।

खेलमा एपिएफका प्रदिप लामा म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत चैत २० गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र साउदर्न सेमिटी कोलकाता, भारत बीच हुने आयोजकले जानकारी दियो ।

बिराट गोल्डकप फुटबल ट्रष्ट, बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments