News यु–१३ छनौटः मकवानपुरमा उल्लेख्य बाल खेलाडीहरु सहभागि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आगामी वर्षका लागि सञ्चालन गरिने छात्र तथा छात्रा एन्फा एकेडेमीका लागि यु–१३ खेलाडी छनौट कार्यक्रम मकवानपुरमा पनि शुरु भएको छ ।

जिल्लास्तरीय पहिलो चरणको छनौट कार्यक्रममा उल्लेख्य मात्रामा बाल खेलाडीहरुले सहभागिता जनाएका छन् । छनौट कार्यक्रममा ३०० भन्दा बढी बाल खेलाडीहरु सहभागि भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए ।

छनौट कार्यक्रममा एन्फा जिल्ला प्रशिक्षक बिजय लाल श्रेष्ठले मुख्य छनौटकर्ताको जिम्मेवारी निभाईरहेका छन् । त्यस्तै जिल्लास्तरीय अन्तिम चरणको छनौट कार्यक्रम मंगलबार हुने बताइएको छ ।

 

Post Comments