News राइजिङ–११ दोस्रो न्यु युथ युनियन कपको फाइनलमा
सुरज राना मगर

तानसेन । शुरुवातबाटै दावेदार मध्ये एकका रुपमा हेरिएको राइजिङ–११ यहाँ जारी दोस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ राइजिङले न्यु एकता क्लबलाई २–० ले हराउँदै उपउाधि नजिक पुगेको हो ।

तानसेन स्थित टुंडिखेल मैदानमा भएको खेलमा राइजिङका लागि अरुण चौधरी र सुदिप क्षेत्रीले गोल गरे । खेलमा म्यान अफ द म्याच भने राइजिङ कै बिशाल ठकुरी घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत २१ गते बुधबारको दोस्रो सेमिफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर रुपन्देही र आयोजक न्यु युथ युनियन क्लब (बी) बीच हुने खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments