News सुदुरपश्चिम–११ अन्तिम चारमा
गोलनेपाल

कपिलवस्तु । सुदुरपश्चिम–११ यहाँ जारी कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको चौथो क्वाटरफाइनलमा सुदुरपश्चिमले त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि बुद्ध रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने सुदुरपश्चिमले आर्मीमाथि ४–३ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । खेलमा सुदुरपश्चिमका गोलरक्षक दिपक बोहरा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत २१ गते बुधबारको पहिलो सेमिफाइनल खेल दावेदार मध्ये एक थ्रीस्टार क्लब र अर्को विभागीय टोली नेपाल पुलिस क्लब बीच हुने आयोजकले जानकारी दियो ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments