News न्यु इयर फुटबल क्याम्प हुँदै
गोलनेपाल

काठमाडौं । अर्किड पुपिल सेकेण्डरी स्कुल र पनौती खरिबोट सकर एकेडेमीको संयुक्त आयोजनामा यही चैत २२ देखि ३० गतेसम्म ‘न्यु इयर फुटबल क्याम्प’ सञ्चालन हुने भएको छ । आउँदै गरेको नयाँ वर्षको अवसरमा बाल खेलाडीहरुलाई लक्षित गरी फुटबल क्याम्प आयोजना गर्न लागिएको हो ।

अर्किड पुपिल स्कुलको फुटबल मैदानमा हुने फुटबल क्याम्प प्रत्येक दिन ३ः३० बजेदेखि ५ः३० बजेसम्म हुनेछ । साथै प्रशिक्षार्थीहरुका लागि १९९९ प्रशिक्षण शुल्क पनि तोकिएको आयोजकले जनाएको छ । फुटबल क्याम्पमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिइने आयोजकले जानकारी दियो ।

साथै फुटबल सम्बन्धी विभिन्न महत्वपुर्ण जानकारी र अभ्यासहरु पनि गराइनेछ । त्यसवाहेक ट्रायल म्याचसँगै विभिन्न राष्ट्रिय खेलाडीहरुसँगको भेटघाट, अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिने बताइएको छ ।

Post Comments