News बिक्रम राई स्मृति चौथो धरान भेट्रान कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

धरान । यही चैत २३ गतेदेखि शुरु हुन गईरहेको बिक्रम राई स्मृति चौथो धरान भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

धरान–१६ स्थित धरान रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत २३ गतेका दिन रारा भेट्रान एफसी र कटारी टाईगर्स भेट्रान एफसी भिड्ने छन् । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत ३० गतेका दिन हुनेछ ।

धरान भेट्रान फुटबल क्लबको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments