News चौथो हेटौडा मेयर कपको खेलतालिका सार्वजनिक
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । नगर खेलकुद विकास समिति, हेटौडा उपमहानगरपालिकाको आयोजनामा यही चैत २४ गतेदेखि शुरु हुन गईरहेको चौथो हेटौडा मेयर कप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

हेटौडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत २४ गतेका दिन वडा नम्बर ११ र वडा नम्बर ३ भिड्ने छन् । हेटौडा उपमहानगरपालिका भित्रका कुल १९ वडाका टिमहरु सहभागि रहने प्रतियोगिताको फाइनल खेल बैशाख ४ गतेका दिन हुनेछ ।

हेटौडा उपमहानगरपालिकाको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५० हजार ाउने नगर खेलकुद विकास समिति, हेटौडाका अध्यक्ष रविन्द्र प्रसाद घिमिरे बताए ।

Post Comments