News जितपुरसिमरा गोल्डकपमा सलहेशको सनसनी
गोलनेपाल

जितपुरसिमरा । यहाँ जारी जगदम्बा स्टिल १४औं जितपुरसिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा रोमाञ्चक जित निकाल्दै सलहेश युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा सलहेशले साविक विजेता चर्च ब्वाईज युनाइटेडलाई ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा सलहेशका शिशिर लेखी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत २६ गते सोमबारको प्रिक्वाटरफाइनल खेल एपिएफ फुटबल क्लब र रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुर बीच हुने आयोजकले जानकारी दियो ।

नव जन जागृति युवा क्लब, जितपुरसिमरा–२, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ३ गतेका दिन हुनेछ ।

 

 

Post Comments