News बहराईनः इद अल फितर सिक्स ए साईड फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । नेपाल क्लब, बहराइनको संयुक्त आयोजनामा बहराइनमा रहेका प्रवासी नेपालीहरु बीच यही अप्रिल ११ तारीखका दिन इद अल फितर सिक्स ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।

बहराइनको हमद टाउन स्थित गोल्ड मास्टर स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । इच्छुक क्लबहरुका लागि ४१ बहराइनी दिनार टिमदर्ता शुल्क पनि तोकिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ, बहराइन र एभरेष्ट फुटबल क्लब, बहराइनको विशेष सहयोग रहने प्रतियोगिताको विजेता, उपविजेता खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments